टप खबर

नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिए

Lumbinikhabar Online

संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्।शुक्रबार स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित १० जना सांसदले पार्टी कार्यालयमा हस्ताक्षर पत्र बुझाएका थिए।

मन्त्री आलेसहित ६ सांसदले हस्ताक्षर पत्र फिर्ता लिएको केन्द्रीय सदस्य सोमनाथ पाण्डेले जानकारी दिए। हस्ताक्षर फिर्ता लिनेमा सांसदहरू कृष्णलाल महर्जन, प्रेम आले, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बिनादेवी बुढाथोकी, गोपालबहादुर बम छन्।

Tags

छुटाउनु भयो कि ?