आर्टिकल्स

रबिको पछि यति ठूलो भिड

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय खनाल/

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन । यो दलको घोषणा संगै राजनीतिमा तरंग पैदा भएको छ । पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि लाग्नु स्वभाविक कुरा हो । राजनीतिमा लामो समय देखि छलछाम मात्रै भयो । ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । त्यसैले पनि रविले ब्यवस्था होइन, अबस्था बदल्न पार्टी निर्माण गरेको उदघोष गरे ।

सभामा सहभागी धेरै मान्छेहरु उत्साहित भएको पनि देखियो । पुराना राजनीति दलहरुले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन सकेको भए रबिको पछि यति ठूलो भिड जम्मा नहुन सक्थ्यो । आज जनतामा यति धेरै निराशा छाएको छ की त्यो भनि साध्य छैन । जनतामा निराश र असन्तुष्टि भयो भने बिकल्प खोज्न बाध्य हुन्छन । यो जनताको अधिकारको कुरा हो । हिजोको सभामा रविको भाषण सुन्न जम्मा भएको भिड पनि पुराना दल प्रतिको असन्तुष्टि हो । पुराना दलहरुमा दम्भ र अहंकार मात्र पैदा भयो । देश र जनताको लागी उनीहरुले केही सोचेनन् ।

पुराना राजनीति दलहरुको भबिश्य माथि गम्भिर प्रश्न उठन थालेको छ । पुराना राजनीतिक दलहरु कहिले पनि सच्चिन खोजेनन् । त्यसैको परिणाम हो रबिको पछि भिड जम्मा भएको यसमा दुइ मत छैन । पुराना राजनीतिक दलहरु सत्तामा गए पछि आफना आसे पासे, नाता गोता बाहेक अरु कसैलाई हेरेनन् । यस्तै अबस्था रहि रहने हो भने पुराना राजनीतिक दलहरुको भबिश्य संकटमा पर्ने निश्चित छ । पुराना राजनीतिक दलहरु नातावाद र परिवारवादको घेराले सकिदै छन ।

पुराना राजनीतिक दलहरुले नातावाद र परिवारवादको घेरा टोड्न सकेनन् । त्यही घेरा टोडन नसक्नु नै दलहरुको कमजोरी हो । रबिको भाषणमा तालि बजाउनेहरु तिनै पुराना पार्टीका असन्तुष्ट कार्यकर्ता हुन । ति कार्यकर्ताहरु देश भरी रबिको पक्षमा डुले भने पुराना पार्टीको हालत के हुन्छ ? यो कुरा पुराना दलहरुले बुझेका छन । बालेन साहलाई पनि दलहरुले मतलव नदिदा काठमाण्डौ महानगर पालिकाको मेयर जितेर देखाए । हर्क राईले धरानमा जितेर देखाए । यो जनताको फैसला हो । जनताले जे फैसला गर्छन त्यो मान्न तयार हुनु पर्छ ।

भोली रबि जस्ता सयौं युवाले प्रदेश र संघीय चुनाव जितेर आउन सक्छन । यो नै लोकतन्त्र हो । लोकतन्त्रमा प्रतिष्प्रर्धा हुनु स्वभाबिक प्रक्रिया हो । पुराना राजनीतिक दलहरुले आफूलाई अझै पनि सुधार नगर्ने हो भने रबि, बालेन, हर्क जस्ता सयौं युवा जन्मिन सक्छन । पुराना दलहरुले कमसेकम बेलैमा सोच्ने हो भने अझै सुरक्षित हुन सक्ने छन । पुराना दलहरुले गलत प्रबृति र गलत चिन्तन छोडनु पर्छ । राजनीतिक दलहरु सच्चिने अबसर र चुनौति दुबै आएको छ । यो दलहरुले बुझने कुरा हो , हामीले त सुझाव मात्र दिने हो ।

Tags

छुटाउनु भयो कि ?