टप खबर

भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै

Lumbinikhabar Online

-डा.डी.आर.उपाध्याय खनाल

मुलुकका सामु तमाम समस्या छन । यी समस्या समाधान गर्न दलहरु त्यति गम्भिर भएको देखिदैन । जनताको पसिना र जनताले तिरेको करमा मनपरि रमाउनेहरुलाई देशको बारेमा कुनै चिन्ता छैन । उनीहरु आफनै ब्यक्तिगत स्वार्थमा रमाइरहेका छन । आज देश गम्भिर संकटमा फसेको छ । देशको भबिश्य सोच्ने फुर्सद कसैलाई छैन । लुट्नेले लुटिरहेका छन, रात दिन पसिना बगाउने श्रमिकहरुको अबस्था कस्टकर छ । उनीहरु आफनो दैनिक गुजरा चलाउन सकिरहेका छैनन् ।

देशमा सुशासन छैन, जता गए पनि अनियमितता मात्र छ । यसरी देश बनाउन सकिदैन र बन्न सक्दैन । अब नेतृत्वले सोच्नु पर्ने बेला भयो । देशमा राजनीति दलहरु धेरै भए । संसद देखि संसद बाहिरका राजनीति पार्टीहरु पनि छन । बेरोजगारहरुको भिड जम्मा गर्ने राजनीति पार्टीबाट अब केहि हुदैन भन्ने जनताले बिस्तारै बुझदै जान थालेका छन । सरकार मुलुकमा सुशासन कायम गर्न सकेको छ्रैन । सेवाप्रवाह प्रभावकारी बनाउन सकेको छैन ।

बर्तमान सरकार सबै कुरामा असफल देखिएको छ । भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै गएको छ । भ्रष्टाचार रोकिनुपर्छ, सुशासन कायम हुनु पर्छ । राजनीतिक क्षेत्र नै अत्याधिक भ्रष्ट हुन पुगेको छ । जसको कारण शासकीय व्यवस्थामा नै गम्भीर समस्या देखिन थालेका छन् । राजनीतिक दल र विशेषगरी सत्तामा गएकाहरू कमाउधन्दामा लिप्त छन । जनताले भने दुःख पाइरहेका छन । शासक गैरजिम्मेवार भए पछि जनताले दुःख पाउने नै भए । उनीहरूलाई जनताले भोग्नुपरेको पीडा मर्कासँग कुनै सरोकार छैन ।

सरकारमा बस्नेहरु आफ्नालाई मात्रै पोस्ने काममा लिप्त हुन पुगेका छन् । मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो । अहिले सम्म राजनीतिक दलहरुले मुलुकलाई बनाउन सकेनन् । अब के गर्छन थाहा छैन । दलहरुले देश र जनताको भबिश्य माथि धेरै खेलवाड गदै आएका छन । अब दलहरु सच्चिनु पर्ने छ , यदि दलहरु र तिनका नेताहरु नसच्चिने हो भने उनीहरु आफै सिधिन्छन । जनताले धेरै कुरा बुझि सकेका छन ।

अब जनतालाई भ्रममा पार्ने र जनतालाई बेइमान गर्ने जमना गइसको छ । सरकारमा गएर दलका नेताहरुले त्यति राम्रो संग सत्ता चलाउन सकिरहेका छैनन् । देशमा सुशासन कायम गराउन नसक्ने सरकारले अरु के गर्न सक्छ ? विशेषगरी ठूला दल कांग्रेस, एमाले , माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा लगायतका अधिकांश नेता नै सुशासन कायम गराउने कुरामा ध्यान दिएको देखिदैन । देशमा कुशासनको जालो छ ।

जनताको पीरमर्का र दुःखसुखसँग उनीहरू बेखबर जस्तै बन्दै आइरहेका छन् ।बढिरहेको भ्रष्टाचार, अनियमितताले देश थला परेको छ । बेरोजगारी समस्या त्यस्तै छ । हाम्रा सामु ठूला ठूला समस्या आइरहेका छन् । यस्ता समस्याको समाधान तत्काल गर्नु पर्छ । अब मुलुकको विकास र समृद्धिका लागि सबै राजनीति दल एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।प्रमुख राजनीतिक दलमा नै विचलन आउन थालेको छ । राजनीतिक दलहरु इमानदार बन्न सक्ने हो भने शासकीय व्यवस्था पनि सफल हुँदै जान्छ । जनतामा निराशा छाउन दिनु हुदैन ।

Tags

छुटाउनु भयो कि ?