मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाको परीक्षा भएको छ ।रारा राष्ट्रिय निकुञ्जमा रहेको श्री बक्स गुल्म र गमगढीस्थित नन्द बक्स गुल्मले पहिलो पटक ५० सैनिक कोटाका लागि भर्ना परीक्षा लिएका हुन् । जसमा पाँच महिलासहित ५० सैनिक जवान कोटाका लागि भर्ना प्रक्रिया सुरु भएको हो ।
५० कोटाका ५१ महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्द बक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए । भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् । शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात् लोकसेवाले लिखित परीक्षा लिनेछ ।