टप खबर

डेढ वर्षभित्र काठमाडौँ महानगर मा विद्युत्का तार अन्डरग्राउन्ड हुने: बालेन्द्र शाह

Lumbinikhabar Online

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा मेयर शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए । उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसमा सहकार्यको समीक्षा गरिने बताए।

Tags

छुटाउनु भयो कि ?