News in Nepali

‘पुस्तान्तरणका लागि पार्टीभित्रै विद्रोह हुन्छ ´ : मानुषी यमी भट्टराई

Lumbinikhabar Online

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले राजनीतिमा पुस्तान्तरण मागेर नहुने भन्दै त्यसका लागि पार्टीभित्रै विद्रोहको आवश्यता रहेको बताएकी छन् ।

बुधबार एक संचार माध्यम संगको कुराकानीमा आफूले आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने तयारी गरेको र त्यसका लागि पार्टीभित्र र बाहिरका नयाँ पुस्तासँग सकार्य गर्दै विद्रोह गर्नुपर्ने बताइन् ।

उनले भनिन् , ‘पुस्तान्तरण भन्ने चिज कसैले गरेर हुने होइन, यसका लागि पार्टीभित्रै विद्रोह हुन्छ । म त्यसको पक्षमा हुँ । हामी आफैंले पहल गरेर हुने हो । क्षमता प्रदर्शन गरेर नै हामी लिन सक्ने ठाउँमा पुग्नुपर्छ भनेर नै म तयारीमा लागेको हो ।’

हाल सत्तारुढ गठबन्धनमा रहेको जसपाले गठबन्धनभित्र निर्वाचन क्षेत्र भागवण्डामा काठमाडौंको निर्वाचन क्षेत्र नपाए के गर्ने भन्ने प्रश्नमा मानुषी आफू ‘पालो आउला र खाउँला’ भन्ने पक्षमा नरहेको बताउँछिन् ।

‘कुनै बेला पालो आउला र खाउँला भन्ने पक्षमा म छैन,’ उनी भन्छिन्, ‘हामी आफैंले मेहनत गर्ने हो । हामी आफैंले आह्वान गर्ने हो । जनताका मुद्दामा बोल्ने हो त्यसकै पहलमा जित्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ ।’

उनले थपिन्, ‘गठबन्धन, आदि, इत्यादि भनेको राजनीतिक दलको शीर्ष तहबाट आवश्यकता महसुस गरेर गर्दै गर्नुहोला । तर, म चाहिँ राजनीतिलाई त्यसरी मात्रै डो¥याउनुपर्छ भन्ने पक्षमा छैन ।’

Tags

छुटाउनु भयो कि ?