संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही चिप्ले किराहरुलेआफ्नो बदनाम गर्न खोजिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मंगलबार पशुपति क्षेत्रमा विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले एस्तो बताएका हुन् ।
उनले भने,‘तर हाम्रै पार्टी भित्रका केही …चिप्ले किराहरु आलेले धेरै चलखेल गर्यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु’ ।