लमजुङमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबू पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अनुसार ४५ वर्षीय बाबुले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जबर्जस्ती करणी गरेको भन्दै बालिकाले प्रहरी कार्यालयमा उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको हो ।
उजुरी पछी आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको बताइएको छ ।
प्रहरीका प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी आफूलाई दुईपटक करणी गरेको पीडितले बयान दिएकी छन्।