सुर्खेतको जिल्ला समन्वय समितिमा नेकपा एमाले र माओवादी केन्द्र बिच गठबन्धन भएको छ । समितिको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो ।
नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन् । प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका छन् ।
सुर्खेतमा एमालेका नौ, माओवादीका एक, कांग्रेसका आठजना मतदाता छन् ।