टप खबर

बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार

Lumbinikhabar Online

बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाएपछि राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुगेकी थिइन् । त्यहीँ उनको सामूहिक बलात्कार भएको प्रहरीको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?