खेलकुद

वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ

Lumbinikhabar Online

वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स विश्वकपका लागि छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १-० गोलले पराजित गरेपछि वेल्स लामो प्रतीक्षापछि विश्वकपमा स्थान बनाएको हो । वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गोल गरेका हुन् । यो गोल नै वेल्सलाई विश्वकप पुर्‍याउन काफी भयो ।

Tags

छुटाउनु भयो कि ?