News in Nepali

आईसीसी यू–१९ विश्वकप छनोट : नेपाल यूएईविरुद्ध ८ रनमा अलआउट

Lumbinikhabar Online

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएई विरुद्धको खेलमा नेपाल यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८.१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट भयो ।

नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् । नेपालले दोस्रो खेलमा युएईको सामना गर्दैछ । नेपालले शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराएको थियो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् । यस्तै नेपालले भुटान विरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसिया विरुद्ध खेल्नेछ ।

 

Tags

छुटाउनु भयो कि ?