शनिबार तनहुँमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा १२ वर्षीय बालिकाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।
सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको र मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।