मुगुमा लेक लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर सोही पालिका-७ महगाउँका १६ बर्षका असल तामाङको मृत्यु भएको हो ।
मुगम कार्मारोङ गाउपालिका-७ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए ।
टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकित्स बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको जनाइएको छ ।