कालिकोटको एक गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका उम्मेदवारले आफू माओवादी केन्द्रकै कार्यकर्ता भएको बताएका छन् ।
जिल्लाको शान्नी त्रेवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्ष पदमा विजयी भएका थिए । उनले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराएका थिए ।
उनले आज बिहान माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेका छन् । भेटमा उनले आफू माओवादी केन्द्रमै रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।