News in Nepali

म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन : माधवकुमार नेपाल

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताएका छन् ।

पार्टीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन बिहीबार सुर्खेत पुगेका अध्यक्ष नेपालले एस्तो बताएका हुन् ।

उनले भने , ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,’ उनले भने, ‘यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन ।’

अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको बताए ।

Tags

छुटाउनु भयो कि ?