अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा थुनामा परेका बौद्ध भिक्षु फुर्वा लामा तामाङले आफुले सेल्फी खिच्न लाग्दा पछाडिबाट लागेको धक्काका कारण अचानक छुन पुगेको बताएका छन् ।
भिक्षु लामालाई भेट्न प्रहरी हिरासत विशाल बजार पुगेका याम्बु नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोले तामाङले उनको भनाइलाई उधृत गर्दै भनेका छन , `दयाहाङ राई आफ्नो मन पर्ने कलाकार भएकाले छुट्टिको बेला फिल्म हेर्न गएको । बाहिर निस्कदा सबैले हिरोइन संग फोटो खिचेको देख्दा आफूले पनि सेल्फी फोटो खिच्न लाग्दा पहिलो पटक फोटो खिच्दा राम्रो आएन । दोस्रो पटक मेडम अलिकति एता आउनुन भनेर मोबाइल मिलाउनै गर्दा पछाडि बाट धक्का लाग्यो र एउटा हातले उहाँको शरीर छुन पुग्यो । त्यसपछि गाली गर्यो , थप्पड मार्यो , कान समाते । कहिलै एस्तो केसमा नपरेको मान्छे भिड देखेपछि केही हुने होकि भन्ने डर लाग्यो । बोल्न खोजे आवाज आएन । श्वास रोकियो भनेर बताएका छन् ।
स्रोत-तामाङ अनलाइन