News in Nepali

अभिनेत्री दुर्व्यवहारको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग मागियो धरौटी

Lumbinikhabar Online

अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । सो धरौटी तिरेपछि फुर्वा रिहा हुनेछन् ।

आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।

एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ।

Tags

छुटाउनु भयो कि ?