रुपन्देहीमा ३० हजार रुपैयाँ घुस सहित एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रहेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सिनपा-१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।