कबड्डी–४’ की अभिनेत्री मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ ।
प्रदर्शनमा नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न समेत माग गरेका छन् ।
प्रदर्शनकारीहरुले नाराबाजी गर्दै फिल्मको पोस्टर समेत जलाए । भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै ती अभिनेत्रीले प्रहरीमा उजुरी दिएकी थिइन् । लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।