आइतबार तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ ।
जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भोलिपल्ट बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले शव संकलन गरेको छ । हालसम्म १४ जनाको शव भेटिएको छ ।
जहाजमा चालक दलका तीन सदस्य क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट उत्सव पोख्रेल र एअर होस्टेज किस्मी थापा सहित २२ जना सवार थिए । दुर्घटनाबारे छानबिन गर्न समिती गठन गर्ने तयारी सरकारको छ।