News in Nepali

अब `मिदि भाइ´को यात्रा हल्का रमाइलो तिर

Lumbinikhabar Online

म्यादी प्रहरीको पोसाक लगाएर भाइरल भएका चर्चित भएका कपिलवस्तुको वाणगंगा नगरपालिका-४ का १६ वर्षीय किशोर नवराज रेग्मीले टेलि सिरियल ‘हल्का रमाइलो’ मार्फत अभिनय यात्रा सुरु गरेका छन् ।

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्देशित सिरियलको आइतबार बेलुका प्रसारण भएको भागमा मिदी भाइ’को रुपमा चर्चित उनलाई म्यादी प्रहरीकै पोशाकमा देखाइएको थियो । सिरियलमा खेलाउन धेरैपटक आग्रह गरेपछि अभिनयको मौका दिइएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

हालैको स्थानीय तह चुनावको छेकोमा उनले आफ्ना दाजु पर्ने युवकको म्यादी पोशाक लगाएर खिचेको भिडियो टिकटकमा हालेपछि उनी भाइरल बनेका थिए । ‘सागर बसन्त किस्ने’भन्दै लागूपदार्थ प्रयोगबारेको अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । एक सातामा रिहा भएपछि नवराज ‘कबड्डी ४’ फिल्मको प्रचारमा लागेका थिए ।

Tags

छुटाउनु भयो कि ?