News in Nepali

पद बहालिकै दिन गाउँमा प्रसूति केन्द्र स्थापना गर्ने वडा अध्यक्ष शाहिको निर्णय

Lumbinikhabar Online

कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर-६ का नवनिर्वाचित अध्यक्ष दिप बहादुर शाहि (दर्शन) ले  गाउँमा प्रसूति केन्द्र (वर्थिङ सेन्टर) स्थापना गर्ने निर्णय गरेका छन् ।

शुक्रबार पद बहाली गर्ने क्रममा गाउँको स्वास्थ्य सेवालाई प्रभाकारी बनाउन उक्त निर्णय गरेका हुन् । यो संगै वडामा जन्म र मृत्यु दर्ता गराउदा शुल्क नलिने, माटिखान बजार स्थित चन्द्र सूर्य माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले माध्यमिक शिक्षा परिक्षा ( एसईई ) मा उत्कृष्ट अंक ल्यायमा पुरस्कार स्वरुप पच्चीस हजार रुपैयाँ प्रदान गर्ने जस्ता निर्णयहरू गरेको वडा अध्यक्ष  शाहीले बताए ।

पद बहाली कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य भिम प्रसाद आचार्यले समग्र गाउँको विकासका लागि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने,` कर्णालीका जनताको प्रमुख समस्या भनेकै स्वास्थ्य र शिक्षा हो । यसको सुधारका लागि प्रतेक स्थानिय निकायहरुले ध्यान दिन जरुरी छ `। उनले थपे ` हाम्रो जस्तो स्रोत साधनले सम्पन्न यो ठाउँमा आर्थिक उपार्जनका लागि जनतालाई त्यही अनुसारको कृषि व्यवसायमा संलग्न गराएर आर्थिक परनिर्भरता कम गर्न सबै जनप्रतिनिधिहरु लागि पर्नु हुनेछ ।` यसरी गाउँको समग्र क्षेत्रको विकासमा जनप्रतिनिधिहरु अहोरात्र खटिनुपर्ने उनको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?