News in Nepali

केपी ओलीको अभिव्यक्तिलाई स्तरहिन भनेपछि एमाले द्वारा संसद अबरुद्ध

Lumbinikhabar Online

नेकपा एमालेले आज पनी संसद अवरुद्ध गरेको छ । केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि संसद अवरुद्ध भएको हो ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले नेता ओलीको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए । त्यसको लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि काुननमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखे ।

‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरु फेरि उठे । विपक्षी दलका नेतामाथि गरेको टिप्पणी रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग छ ।
एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

 

Tags

छुटाउनु भयो कि ?