टप खबर

सप्तरीको कञ्चनरुपको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी

Lumbinikhabar Online

सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसअघि नेकपा एमालेले जितेको यो पालिकामा यसपटक कांग्रेस विजयी भएको हो । कांग्रेसबाट मेयर ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए ।

उपमेयरमा नेपाली कांग्रेसकै मुना पोखरेल निर्वाचित भएकी छन् । उनी ७ हजार ७४ मत ल्याएर निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

Tags

छुटाउनु भयो कि ?