हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्रप्रसाद लिङ्देन पुनः निर्वाचित भएका छन् । नेकपा एमालेका डम्बरबहादुर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
उनले कूल मतको छ हजार ८५६ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याए । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।

