टप खबर

बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी

Lumbinikhabar Online

सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएको छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रामाशंकर प्रसाद कुशवाह ४६४३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर अभय कुमार सिहले ३६३१ मत प्राप्त गरे।

कुशवाह पेशाले शिक्षक हुन् । उनले निर्वाचन भन्दा केही समय पहिला उम्मेदवारी दिनकै लागि पदबाट राजीनामा दिएका थिए । उनी यस पहिला सम्म जिल्लाको गोडैता नगरपालिका स्थित बगदहमा रहेको श्री रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।

Tags

छुटाउनु भयो कि ?