काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
आज बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।