टप खबर

चितवन भरतपुरको मेयरमा फेरि रेनु दाहालको अग्रता

Lumbinikhabar Online

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेनुले अग्रता लिएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ हजार ३१ मत गणना हुँदा रेनुले पाँच हजार ३९ मत पाएकी छन् भने विजयले पाँच हजार २७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५५ मत ल्याएका छन् ।

Tags

छुटाउनु भयो कि ?