टप खबर

चितवनमा माडी–७ को अध्यक्षमा एकीकृत समाजवादीकी उमेदवारको विजय

Lumbinikhabar Online

चितवनमा नेकपा एकीकृत समाजवादीले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकीकृत समाजवादीकी उमेदवारको विजय भएको हो ।

वडा अध्यक्ष जित्नेमा समाजवादीकी चन्द्र कुमारी बानियाँ पहिलो महिला बनेकी छन् । जिल्लामा हालसम्म सार्वजनिक भएका वडाहरूको विवरणमा कोही पनि महिलाले वडाध्यक्ष जितेका छैनन् । बानियाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णु प्रसाद आचार्यलाई ३५ मतान्तरले पराजित गरेकी हुन् ।

Tags

छुटाउनु भयो कि ?