संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा निर्वाचित भएका छन् । ३ हजार १७ मत ल्याउँदै उनी विजयी भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार भरत कटुवालले २ हजार ४७८ मत पाए । विजयी भएका शेर्पा २०७४ सालको चुनावमा वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मनकला राईले २ हजार ७३९ मत ल्याएर विजयी भएकी छन् । राईले ७०६ मत अन्तरले पछि पार्दै विजयी भएकी छन् । उनका निकटम् प्रतिद्वन्दी एमालेकी चमेली याम्फुले २ हजार ३३ मत ल्याएकी छन् । याम्फु यसअघि उपाध्यक्ष हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६