विराटनगर महानगरपालिकाको १९ नम्बर वठाको अध्यक्षमा नेकपा एमाले उम्मेदवार श्याम घिमिरे प्यानलसहित निर्वाचित भएका छन् । घिमिरेले ९८७ मत प्राप्त गरे । नेपाली कांग्रेस उम्मेदवार उदय राजवंशीले ९०५ र नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवराम थन्दारले ५३१ मत प्राप्त गरे । वडा नम्बर १९ को वडा सदस्यमा नेकपा एमालेबाट निज नारायण राजवंशी र लक्षमण सरदार विजयी भए । महिला सदस्यमा कविता कुमारी थारु, दलित सदस्यमा पवित्री देवी रिख्यासन निर्वाचित भए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६