काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन्।
पछिल्लो मतगणना अनुसार शाहले ३ हजार ५ सय ३२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले १ हजार ८ सय ५६ मत ल्याएर पछ्याइरहेका छन्।
गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १ हजार ६ सय ६८ मत पाएकी छन्। अहिले काठमाडौँको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मत गणना भइरहेको छ। मत गणना भइरहेको छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्