गुल्मीको कालीगण्डकी गाउँपालिका-२ मा एक मतले नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार रेशमराज न्यौपाने ७५६ मत ल्याउँदै एक मतको अन्तरले निर्वाचित भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका बाबुराम न्यौपानेले ७५५ मत ल्याए । सोही गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका लालुबहादुर पाण्डे वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले ७२७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रविन्द्र पाण्डेले ६४१ मत ल्याएका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६