टप खबर

आजबाट सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा

Lumbinikhabar Online

आजबाट सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएको छ ।  सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। आजबाट अस्पताल र स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार  बिदा हुने भएको छ। अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ।  

आइतबार बिदा दिने कार्यान्वयनमा आएसँगै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजेसम्म कायम हुने भएको छ। तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजे देखि अपरान्ह ४ः३० बजेसम्म मात्रै कायम हुनेछ।

Tags

छुटाउनु भयो कि ?