डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत बसन्तकुमार बोहराले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद २ हजार ३४३ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । नेपाली कांग्रेसको क्षेत्रीय सभापति समेत रहेका साउँद २०५४ सालको स्थानीय तह निर्वाचनमा साविकको घाङल गाउँविकास समितिको उपाध्यक्ष थिए । साउदका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १ हजार ६८४ मत प्राप्त गरेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६