नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ ।
यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले पछि पारेका छन् । टीकापुर नगरपालिकामा चार हजार ४४९ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु डगौराले १४९० मत ल्याएर अग्रस्थानमा छन् । नेपाली कांग्रेसका नवराज रावलले ७८१ र नेकपा एमालेका श्याम खत्रीले ६९६ मत पाएका छन् ।