गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले हराएका छन् । थापाले ६ हजार १६६ र भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ । यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी तारा थापाले एमाले उम्मेदवार सुशिला पुनलाई ५९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १८८ मत पाउँदा सुशिलाले ५ हजार ५८९ मत पाइन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६