सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ । नगरपालिकामा रहेका सम्पूर्ण वडाको मतदान सम्पन्न भइसकेता पनि वडा नम्बर १७ मा झडप हुँदा मतदान रोकिएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । अब निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलिय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६