News in Nepali

प्रधानमन्त्री देउवाले निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देशवासीमा आग्रह गरेका छन्

Lumbinikhabar Online

प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देशवासीमा आग्रह गरेका छन् । बिहीबार साँझ एक भिडियो सन्देशमार्पत प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । सन्देशमा उनले भनेका छन्, ‘३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसित मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण देशवासीहरुमा हार्दिक अपील गर्दछु। निर्वाचनलाइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न सरकारले सम्पूर्ण व्‍यवस्थापन चुस्त दुरुस्त बनाएको छ । स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको स‌ंस्थागत विकासमा योगदान पुर्‍याउन हुन म सबैमा अनुरोध गर्दछु। ‘

Tags

छुटाउनु भयो कि ?