टप खबर

काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक

Lumbinikhabar Online

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए। त्यससँगै निर्वाचर्नलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित बातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?