टप खबर

भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा

Lumbinikhabar Online

भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।जहाज बिहान साढे ८ः२८ बजे भैरहवामा अवतरण गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान आएको हो । जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानस्थल भएका कारण जहाज सिधै भैरहवा अवतरण नगरी काठमाडौं आएर गरेको हुन सक्ने बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?