News in Nepali

काङ्ग्रेस र माओवादीको झडप पछि संयमता अपनाउन पार्टी पंक्तिको संयुक्त अपिल

Lumbinikhabar Online

रुकुम पश्चिमका विभिन्न स्थानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि दुई पार्टीले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै संयमता अपनाउन अपिल गरेको छ ।

नेकपा माओवादी केन्द्र, रुकुम पश्चिमका संयोजक गोविन्द रोका र नेपाली काँग्रेसका जिल्ला सभापतिले जारी गरेको संयुक्त अपिलमा भनिएको छ, ‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एक अर्काप्रति उत्तेजक अभिव्यक्ति नदिन, संयमित रूपमा प्रस्तुत हुन आ–आफ्नो पार्टी पङ्क्तिलाई निर्देशन गर्ने सहमति भएको छ ।’

अर्थमन्त्री जनार्दन शर्मासहित मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र जिल्लास्थित राजनैतिक दलका शीर्ष नेतृत्वहरू सम्मिलित सर्वपक्षीय बैठकमा भएको सो सहमति पालना गर्नु गराउनु मातहतका पार्टी निकायहरू अपिल समेत गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?