खोटाङको हलेसी–तुवाचुङ नगरपालिकामा वाम तालमेल भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित वडा तहसम्मै तालमेल भएको जनाइएको छ ।
एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको छ । अलग–अलग मनोनयन दर्ता गरेपनि पछि वाम तालमेलको निर्णय भएको हो । सहमति अनुसार, तीन दलले एमालेका मेयर उम्मेद्वार खडेन्द्र राईलाई समर्थन जनाएका छन् भने उपमेयरमा माओवादी केन्द्रका अमेम्बर राई छन् ।
भागबण्डाका क्रममा एमाले ५, माओवादी केन्द्र ४ र एकीकृत समाजवादीले एक वडाध्यक्ष पाएको छ । एउटा वडामा भने जनता समाजवादी पार्टी (जसपा) का वडाध्यक्ष उम्मेद्वारलाई एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन गरेको छ ।