कालिकोटमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकताबीच झडप भएको छ ।
जिल्लाको रास्कोट नगरपालिकामा चुनावी अभियानका क्रममा गएराति झडप भएको हो । झडपमा परि रास्कोट नगरपालिका वडा ५ का माओवादी केन्द्रका रत्नमान रोकाया घाइते भएका छन् ।
रोकायामाथि काँग्रेसका नेता तथा कार्यकर्ताहरुले आक्रमण गरेको बताइएको छ ।
त्यस्तै उता काँग्रेस कार्यकर्ताहरुले भने माओवादी केन्द्रका वडा अध्यक्षको उम्मेदवार मन तिरुवाको निर्र्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्न आएको र उक्त समूहले आक्रमण गरेपछि प्रतिकारका क्रममा उक्त घटना भएको काँग्रेसले जनाएको छ ।