नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कमजोर पार्न खोजियो भने देश दुर्घटनामा जाने दाबी गरेका छन् ।
पाँच दलीय गठबन्धनले आज बिहीवार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले एस्तो बताएका हुन् ।
गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ ।’
तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने उनको प्रतिबद्धता थियो । उनले विसं २०४६ देखि कम्युनिस्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराए ।