जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताएका छन् ।
बिहीबार चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एस्तो बताएका हुन् ।
उनले ओलीलाई सर्पसँग तुलना गर्दै भने, ‘सर्पले दुध खाएपनि विष लाग्छ, ओलीले म्वाई खाएपनि विष लाग्छ ।’ उनले चितवनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै यो देशको कायापलटका लागि पनि गठबन्धनको विकल्प नभएको बताए । गएको ५ वर्षमा भरतपुरको विकास हेर्दा रेनु दाहालको नेतृत्वमा विकासमा कायापलट हुन्छ भन्ने पुष्टि भएको बताए ।