News in Nepali

चन्दलाई महासचिवबाट हटाए संगै टुक्रियो विप्लव नेतृत्वको नेकपा

Lumbinikhabar Online

नेपाल कम्युनिस्ट पार्टीको असन्तुष्ट पक्षले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट हटाएको छ । चितवनको पर्सामा चलिरहेको हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधर नेताहरूको राष्ट्रिय भेलाले चन्दलाई महासचिवबाट हटाएर बास्तोलालाई केन्द्रीय संयोजक तोकेको हो ।

यसअघि चन्दले वली र बास्तोलालाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका थिए । वली र बास्तोला पक्षको भेलाको निर्णयसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी टुक्रिएको छ । वली र बास्तोला पक्षधरको भेलाले पालिका चुनावमा केन्द्रीय समितिको निर्णय विपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर चन्दलाई महासचिवबाट हटाएको जनाइएको छ ।

यस्तै भेलाले प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मालाई हटाएको छ । ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये भेलामा ३८ जना उपस्थित भएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?