News in Nepali

केशव स्थापितको आरोपले आफूलाई झन फाइदा भएको बालेनको भनाइ

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध लगाएको आरोपले कुनै असर नपर्ने बताएका छन् ।

मंगलबार एक सञ्चार माध्यम संगको कुराकानीमा शाहले भने ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो । खासमा बुढापाकालाई पेनिट्रेट गर्न उहाँ मेरो ब्राण्ड एम्बेसेडर बन्नुभएको छ ।’

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थापितले शाहलाई ‘केशव स्थापितलाई जिताउँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको आरोप लगाएका थिए ।

शाहले भने स्थापितको आरोप अस्वीकार गर्दै त्यसरी प्रचार गर्न जरुरी नभएको बताए । उनले भने, ‘त्यसरी प्रचार गर्न हामीलाई जरुरत नै छैन, कुनै मिम बनेका हुनसक्छन् । त्यसबारे जानकारी छैन ।’

Tags

छुटाउनु भयो कि ?