News in Nepali

भवन भत्किँदा च्यापिएर नौ जनाको मृत्यु

Lumbinikhabar Online

नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर नौ जनाको ज्यान गएको छ । मुलुकको लागोस राज्य स्थित एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको नाइजेरियाको प्रहरीलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

हिजो बेलुकी भएको घटनामा अरु केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी भइरहेको नाइजेरियन प्रहरीले जनाएको छ । भग्नावशेषबाट आज चार वर्षका बालकको शव निकालिएको छ । भवनमा कति मानिस थिए यकिन नभएकोले ज्यान गुमाउने र घाइते तथ्याङ्क आउने सकेकाे छैन ।

Tags

छुटाउनु भयो कि ?